कर्णालीका नवनियुक्त आर्थिक मामिला मन्त्री विष्टले लिए शपथ

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गरेका हुन् ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया