रेमिट्यान्ससँगै एचआईभी एड्सको कहर
काठमाडौँ - नेपालबाट भारतमा काम गर्न गएका मजदुरमा एचआईभी पोजेटीभ देखिने गरेको खुलेको छ । पश्चिम, मध्य तथा सुदूरपश्चिममा गरिएको सर्भेक्षणले भारतमा काम गर्न जाने नेपालीहरूमा एड्स देखिएको छ ।
पश्चिममा ० दशमलव ३ प्रतिशत र मध्य तथा सुदूरपश्चिममा ० दशमलव ६ प्रतिशत रहेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले जनाएको छ । गरिबीले च्यापदै गएको पश्चिम नेपालमा रोजगारीको अभाव परिवारलाई सुख दिने लालसा बोकी बाहिरीएका नेपालीले एचआईभी भित्र्याउने गरेको खुलेको छ ।
नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ । सन् २०२० मा गरिएको उक्त सर्वेक्षणमा लागू पदार्थ सेवन गर्नेमा एचआईभी पोजेटीभ देखिने गरेको छ ।
त्यसैगरी सन् २०१७ मा गरिएको सर्भेक्षणमा महिला यौनकर्मीमा २ दशमलव २ प्रतिशत र पुरुष समलिंगीहरूमा ६ दशमलव २ प्रतिशतका दरले रहेको छ । ३४ औ विश्व एड्स दिवसको अवसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले पुरुष समलिंगीमा एड्स रहेको जानकारी दिइन् ।
एचआईभी न्यूनीकरण गर्न सबैजना सचेत हुनुपर्ने देवकोटाले बताइन् । पछिल्लो केही वर्षयता नेपालमा एचआईभी पोजेटीभ संक्रमित कम हुँदै गएको उनले जानकारी दिइन् ।
कोभिडको कारण धेरै मानिसहरूको एचआईभी परीक्षण गर्न नसकिएको उनको भनाइ छ । 'धैरै मानिसहरू बाहिर निस्कने अवस्था नरहेको र पिसीआर मेसिनले कोभिड परीक्षण गर्नुपर्ने भएकाले मेसिनको अभाव भएको थियो, ' उनले भनिन ।
उच्च जोखिममा रहेका समूहहरू दुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र तिनका ग्राहकलाई हेरचाह गर्ने कार्यक्रम रहेको उनले थप प्रस्ट पारिन् । जेलमा रहेका कैदीबन्दीहरू एचआईभी रोकथाम एवम कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।
सरकारले पछिल्लो समय रोजगारीका लागि विदेशीने र तिनिहरूका दम्पत्तिहरूको पनि एचआईभी परीक्षण गर्न थालेको छ । ६१ जिल्लाको ८३ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरल उपाचार निशुल्क उपलब्ध गराएको छ ।
आमाको गर्भबाट बच्चालाई एचआईभी संक्रमण रोकथाम नियन्त्रण गर्न समुदायमा आधारमा पिएमटीसीटी कार्यक्रम सञ्चालनमा छन् । विभिन्न प्रसुती केन्द्रमा गर्भवती महिलाहरूको एचआईभी परीक्षण हुने गरेको थियो ।
देशका विभिन्न जिल्लाहरूमा १ सय ८९ वटा परामर्श तथा परीक्षण केन्द्रहरूबाट परीक्षण भइरहेको छ । जोखिममा रहेका समुदायहरूको परीक्षणलाई तीव्रता दिइरहेको उनले जानकारी दिइन् ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया