बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

मंगलबार देशभर थपिए २५५ संक्रमित

फाइल तस्बिर

काठमाडौँ- देशभर २५५ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ४ सय ६९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २४५ र एन्टीजेन्ट विधिबाट १० जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा २ सय ५६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ९ सय ९ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय २६ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ६ हजार ९ सय ३१ जना छन् । आईसीयूमा १ सय १६ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ५ सय ८९ , संस्थागत आईसोलेशनमा ३ सय ४२ र क्वारेन्टाइनमा ९८ जना छन् ।