मेटलाइफले सुरु गर्यो नयाँ बीमा दावी प्रणाली

काठमाडौँ -मेटलाइफ नेपालले लघुबीमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणाली सुरु गरेको छ । यो प्रणालीले ग्राहकलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ ।
नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भौचरका लागि स्वचालित ईमेल व्यवस्थाका साथै भुक्तानी समय घटाउन स्वचालित दाबी मूल्यांकनजस्ता सुविधा रहेको कम्पनीले बताएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नयाँ दाबी व्यवस्थापन प्रणाली ग्राहक लक्षित रहेकाले यसबाट लाभ लिन सकिने बताए ।
कम्पनीको ग्रामीण कर्जा बीमाले ७७ वटै जिल्लाभरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ ।
मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञसँग परामर्श गरी नेपालमा लघुबीमा योजना सुरु गरेको थियो ।
कम्पनीले हाल २४ लघुवित्त संस्थासँग साझेदारी गरी ८ लाख ऋणीको बीमा गरेको छ । हालसम्म करिब २४ हजार दाबीबापत १ अर्ब ३० करोड रुपैयाँ भुक्तान गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका सहायक उपाध्यक्ष तथा प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतका अनुसार यो प्रणाली सुरु भएपछि दाबी प्रशोधन समय उल्लेख्य रूपमा घटाउन मद्दत गर्नेछ । यसमा दाबी सारांश तयारी, डिस्चार्ज भौचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्यांक भर्न र प्रशोधन गर्न नपर्ने कम्पनीको भनाइ छ । यसले लघु ग्राहकलाई समयमै सेवा प्रदान गर्न र प्रणाली सुधार गर्दै डिजिटल सेवामा लैजान सहयोग पुग्नेछ ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया