झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६४ अंकले घटेको छ । आज नेप्से परिसूचक २६२८.३७ अंकमा पुगेको हो । गत साताबाट घट्न सुरु गरेको सेयर बजार साताको तेस्रो कारोबारको दिन मंगलबार पनि निरन्तर घटेको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१८ अंक अर्थात् ०.०५४ प्रतिशतले बढेको छ । आजको कारोबारमा २ सय २५ कम्पनीका सेयर ४१ हजार ५ सय ८५ पटक कारोबार भएको छ ।
आज ३ अर्ब ८९ करोड ४१ लाख ९ हजार ९ सय ९१ रूपैयाँ बराबरको कारोबार हँदा ६४ लाख ४७ हजार ४ सय ४९ सेयर कारोबार भएको छ ।
मंगलबारको कारोबारमा ८९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । बैंकिङ, व्यापार, तथा होटेल समूह घट्दा विकास बैंक , हाइड्रो पावर लगायतको सेयर परिसूचक बढेको छ ।
सामलिङ पावर कम्पनी,न्यादी हाइड्रो पावर तेह्रथुम पावर लगायतको सेयर आज सर्वाधिक कमाउनेमा तथा इन्फिनिटी लघुवित्त, लाइफ इन्सुरेन्स कम्पनी मितेरी विकास बैंक लगायतको सेयर गमाउनेमा परेका छन् ।

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

प्रतिक्रिया