मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

फाइल तस्बिर

काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्ताव माथि मत विभाजन भने बुधबार (भोलि) बस्ने बैठकमा हुने छ ।

आजको बैठकमा प्रमुख विपक्षी दल एमालेका सांसदहरु पार्टीको महाधिवेशनको लागि चितवन गएको कारण उपस्थित नभएपछि बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । एक महिनाभन्दा धेरै समय सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाहीले अहिलेसम्म कृषिमन्त्रीबाहेक मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।