एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

काठमाडौँ - नेकपा एमलेको १० औं महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढेको छ । एमालेले सात करोड ५० लाखमा महाधिवेशन सक्ने योजना बनाएको थियो ।
तर महाधिवेशन निर्वाचन प्रक्रियामा जाँदा दुई दिन बढी समय लागेकोले डेढ करोड खर्च बढेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
'महाधिवेशन लम्बिँदा खान बस्न एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ।'
एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको थियो । महाधिवेशनबाट नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट हुने भएपछि मंसिर १३ र १४ गतेसम्म लम्बिएको हो । आज मतपरिणामा सार्वजनिक भएसँगैं एमालेको १० औं महाधिवेशन सकिनेछ ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

मतगणना सुरु, २ घण्टामा परिणाम

प्रतिक्रिया