मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

अदालतले सुकीको मुद्दामा फैसला सुनाएन

काठमाडौँ - म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मंगलबार स्थगित गरेको छ । 

अदालत सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो । यस मुद्दा साबित भएमा सुकीलाई  तीन वर्षको जेल सजाय हुनेछ। यस मुद्दाको फैसलालाई डिसेम्बर ६ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ । 

अपदस्थ नेतृका धेरै मुद्दाहरूमध्ये यो पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय  दिन सक्ने बताइएको छ । 

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दैै गत फ्रेबुअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो । 

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश  हजार भन्दा बढी पक्राउ परेका छन् ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउको विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ । मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन् । सिन्ह्वा