पहिलो पटक अन्टार्टिकामा सफलापूर्वक विमान अवतरण
केप टाउन- इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेको छ । एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतरण भएको हो । विमानको पहिलो अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटो खुलेको छ ।
ए ३४०विमान नोभेम्बर २ मा अफ्रिकाको राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेको थियो । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलोमिटर उडेको थियो ।
विमानका क्याप्टेन मिरपुरीका अनुसार विमान सफलतापूर्वक इतिहासमै पहिलोपटक निलो हिमनदीबाट बनेको धावनमार्गमा अवतरण गरेको थियो । सो एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेको थियो । वुल्फ ग्याङ पर्वतारोहण क्याम्पले विमान चार्टड गरेको थियो ।
सफल अवतरणसँगै साे विमानलाइ यस मौसममा पर्यटकहरुले प्रयोग गर्नेछन् । विवरणअनुसार १९० टनको विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेको थियो । एजेन्सी

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया