दलहरू संस्थागत हुन नसक्दा जनतामा निराशा छायोः नेता सिंह

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले दलहरु संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै समस्याहरू आफैँ समाधान हुने बताए । उनले ४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे ।
राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्ने उनको भनाई छ । ठूलो संघर्षबाट प्राप्त भएको मुलुकको डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनुपर्ने र कांग्रेसलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे ।
नेता सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाइ आफु अनुकूलको बनाउन खोज्दा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन गुम्ने खतरा पैदा हुने जिकिर गरे ।
‘राजनीतिक परिवर्तनका लागि ठूलो संघर्ष भयो, जनआन्दोलन भए । तर, त्यसबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरू पनि हामीले जनताका सामु पुर्याउन सकेनौँ । ती उपलब्धिहरूलाई दलहरूले जनतासामू पुर्याउनुपर्ने हो । दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै जसो समस्याहरू आफैँ सुल्झिन्छन्,’ सिंहले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया