कांग्रेस भक्तपुर सभापतिमा फेरि दुर्लभ थापा

भक्तपुर - नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी अष्टकुमार कवेलाई ११३ मतले पछि पार्दै थापा सभापति बनेका हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय थापाले ५५५ मत पाउँदा कवेले ४४२ मत मात्र पाएका छन् । कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकट हुन् ।
जिल्ला कार्यसमितिमा थापा पक्षीय उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा विजेश अवाल र उर्मीला वन निर्वाचित भए । अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशील बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित भए । अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरेका छन् ।
जिल्ला सदस्यमा थापा समूहबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ, राजेश मानन्धर, ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगर, रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला विजयी भएका छन् ।
त्यस्तै, कल्पना लामिछाने, प्रेम खत्री, रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ, रामप्रसाद धौवञ्जार,सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, मनिता नेपाली, सशी बस्नेत र राम दिनेशलाल कर्ण निर्वाचित भएका छन् । जिल्ला सदस्यमा कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया