शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बिहान सवा ६ बजेसम्म ७२० मत खस्यो

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान जारी छ । मंगलबार बिहान ४ बजेपछि मात्रै मतदान सुरु भएको हो ।

मंगलबार बिहान सवा ६ बजेसम्म ७२० जनाले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार अब मतदान सकिन करिब ४ घण्टा लाग्‍नेछ ।

अध्यक्षमा केपी ओली र भीम रावल चुनावमा भिडेका छन् । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उठेका छन् । 

सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेद्‍वार बनाएका छन् ।