कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी

उदयपुर- नेपाली कांग्रेस उदयपुर सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् । मतपरीणम अनुसार कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी कार्की संस्थापन पक्षका हुन् ।
कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पाैडेल-काेइराला खेमाका बिदुर बस्नेत ५ सय ८९ मत पाएर पराजित भए ।
जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेकाे छ।
उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया