'उहाँहरु नेतागिरी गरेर खानुहुन्छ, हामी काम गरेर खानेलाई दुःख भयो'
पार्टीले दुःख दिने काम बन्द गरोस् !

चितवन - तेस्रोपटक तोकिएको समयमा पनि मतदान सुरु नभएपछि एमाले १० औँ महाधिवेशनका प्रतिनिधि निराश भएका छन् । महाधिवेशनको तेस्रो दिनसम्म पनि नयाँ नेतृत्वका लागि चुनाव हुन नसकेपछि प्रतिनिधि निराश भएका हुन् ।
मंगलबार राती २ बजे मतदानका लागि मतदानस्थल पुगेका महाधिवेशन प्रतिनिधि नेतृत्वप्रति आक्रोशित देखिएका छन् । मतदानका लागि २ बजे बोलाउने तर मतदान सुरु गर्ने प्रवृत्तिले काम गरेर खाने कार्यकर्तालाई दुःख र सास्ती भएको महाधिवेशन प्रतिनिधिले बताएका छन् ।
एमाले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएकी नेतृ मञ्जु मलासीले मतदानका लागि बोलाएर पार्टीले दुःख दिने काम गरेको प्रतिक्रिया दिइन् । नेताहरुलाई जस्तो कार्यकर्तालाई सहज नहुने भन्दै उनले यसरी महाधिवेशनमा आउँदा घरको समस्या पनि बुझिदिनुपर्ने बताइन् ।
'सबै कार्यकर्ता नेताजस्ता हुँदैनन् । खान, डुल्न, बस्न समस्या छ, कोहि बिरामी छन्,' उनले इकागजसँग भनिन्, 'पार्टीले दुख दियो, दुख दिने काम बन्द होस् ।'
यस्तै छेउमै रहेकी अर्की महाधिवेशन प्रतिनिधि सीता विश्वकर्माले पनि नेताहरु नेतागिरी गरेर खाने भएपनि आफूजस्ता कार्यकर्ताले काम गरेर खानुपर्ने भएकाले अवस्था जटिल बन्दै गएको बताइन् । डोटीबाट महाधिवेशन प्रतिनिधि भएर सौराहा पुगेकी उनले दुई दिनसम्म नयाँ नेतृत्वका लागि चुनाव र सर्वसम्मत भएपनि नयाँ नेतृत्व नचुनिँदा त्यसको मारमा आफूजस्ता सोझा कार्यकर्ता परेको बताइन् ।
अर्का एक महाधिवेशन प्रतिनिधिले पनि पटक पटक मतदानको समय तोकेर मतदान सुरु नहुनु दुःखद भएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया