एमालेको सौराहा महाधिवेशनमा मतदानको तयारी

चितवन - १० औँ एमाले महाधिवेशनको चुनावका लागि सौराहामा मतदानको तयारी भएको छ । राती २ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका अनुसार मतदानको तयारी भएको हो ।
मतदानका लागि राती २ बजे होटल सेभेन स्टारबाहिर प्रतिनिधिको लाइन लागेको छ । उनीहरुलाई गेटबाहिरै राखिएको छ । भित्र भने मतदानका लागि सबै उम्मेद्वारको नाम र सोही अनुसार मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा छ । यस्तै ६ उपाध्यक्ष, ७ सचिव र ८४ खुला सदस्य लगायतका पदमा चुनाव हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया