एमाले उम्मेद्वारको अन्तिम नामावली प्रकाशित
उपाध्यक्ष, सचिव र सदस्यमा चर्को प्रतिष्पर्धा !

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गरेकाको अन्तिम नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्यरातमा अन्तिम नामावली प्रकाशित गरेको छ ।
सार्वजनिक गरिएको अन्तिम नामावलीमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्ममा उम्मेद्वारी छ । तर धेरै केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि उम्मेद्वारी दिएकाहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रकाशित नामावलीअनुसार ६ जना उपाध्यक्षका लागि ७ जनाको प्रतिष्पर्धा छ । जसमा घनश्याम भुसाल थपिएपछि सर्वसम्मत भनिएकामध्ये को चुनावी मैदानबाट बाहिरिने हो भन्ने टुंगो लाग्नेछ । यस्तै सचिवमा ७ जनाको पदका लागि ९ जनाको प्रतिष्पर्धा छ ।
खुल्ला सदस्यमा ८४ जनाका लागि १०० जनाको प्रतिष्पर्धा छ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलको प्रतिष्पर्धा छ । मतदान राती २ बजेदेखि सुरु हुनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया