मतदान समय फेरि सर्यो, राती २ बजेदेखि सुरु हुने
उम्मेद्वारको अन्तिम नामावली प्रकाशित

चितवन - सौराहामा जारी एमालेको १० औँ महाधिवेशनको निर्वाचनका लागि मंगलबार बिहान २ बजेदेखि मात्रै मतदान हुने भएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएपनि ११ बजे सुरु हुने भनिएको थियो ।
तर निर्वाचन समितिले केहीबेरअघि सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार राती २ बजेदेखि मात्रै मतदान सुरु हुने जनाएको हो । राती २ बजेदेखि बिहान ८ बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै उम्मेद्वारको अन्तिम नामावली अन्तिम नामावली केहीबेरअघि सार्वजनिक भएको छ । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन ईभीएमको प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया