पतांगिणी गणेश मन्दिरमा अष्टमातृकाको मूर्ति स्थापना
काठमाडौँ - काठमाडौं महानगरपालिका–१९ स्थित यट्खामा रहेको पतांगिणी गणेश मन्दिर परिसरमा अष्टमातृकाको मूर्ति स्थापना गरिएको छ । काजी गगन सिंहको ऐतिहासिक दरबारको पटाङ्गिणीमा रहेको गणेश भएकाले यो गणेशलाई पतांगिणी गणेश भन्ने गरिएको हो ।
ऐतिहासिक यो दरबार गगन सिंहको हत्यापछि राणा सरकारले राजपुरोहित पाण्डे खलकलाई बक्सिसमा दिएको थियो । पूर्वबडागुरु केशरीराज पाण्डेका सन्ततिको निवास अहिले यो दरबारमा छ । निधन हुनुअघि गुरु पाण्डे पनि यही दरबारमा बस्थे ।
ऐतिहासिक दरबार क्षेत्रमा रहेको गणेश मन्दिरमा सोमबार सिंहिनी र व्याघ्रिनीसहित अष्टमातृकाको मूर्ति स्थापना गरिएको महानगरपालिका-१९ का सदस्य चन्द्रमान डंगोलले जानकारी दिए ।

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

प्रतिक्रिया