सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

माओवादी केन्द्र प्रतिगमनकाविरुद्ध संघर्ष गर्दै संविधानको रक्षा गर्न सफलः मन्त्री शर्मा

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रले प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गरेका छन् । 

सोमबार प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले माओवादी केन्द्रले संघीय लोकतान्त्रि गणतन्त्र स्थापना गर्न नेतृत्व गरेको र जनयुद्ध जनआन्दोलनलाई अघि बढाउदै पछिल्लो समय प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गरेका हुन् । 

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामन्तवादको विरुद्ध लड्न नयाँ कार्यदिशा नबनाएको भए र सो अनुसारको उत्पीडित वर्ग जाति क्षेत्र र समुदायलाई आग्रह नगरेको भए नेपालमा सामन्तवादको अन्त्य हुनेमा कल्पना समेत गर्न नसकिने बताए । 

उनले पार्टी नेतृत्वले उठाएका मुद्दाहरु राष्ट्रको एजेण्डा बनेको र त्यही एजेण्डाका आधारमा देश चलिरहेकाले राजनीतिक नेतृत्व गर्ने माओवादी हो र अध्यक्ष दाहाल नेतृत्व गर्न सक्षम हुनुहन्छ भन्ने कुरा स्थापित गर्न नसक्दा विगतमा पार्टीमा अनेक खालका अन्यौलताहरु सिर्जना भएको बताए । 

त्यस्तै उनले प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाका प्रतिनिधिलाई क्षमताको अभिवृद्धि गर्दै जनतासँग सम्बन्धी विभिन्न विधाहरुमा विश्लेषणात्मक समाचारहरु तथा सुचना प्रवाह गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।   

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक