सेयर बजारको निरन्तर ओरालो यात्रा

काठमाडौँ- गत साताबाट निरन्तर ओरालो लागेको सेयर बजार सोमबारको कारोबारमा पनि निरन्तरता पाएको छ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक २१.५१ अंकले घटेको छ । यो सँगै नेप्से परिसूचक २६२९.९८ को बिन्दूमा झरेको छ। 'क' वर्ग कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.९२ अंकले घटेर ४९५.५३ को बिन्दूमा झरेको छ।
आइतबार ८० अंकले बजार घट्दा पनि कारोबार रकम बढेको थियो तर सोमबारको कारोबारमा भने कारोबार रकम खुम्चिएको छ । आज ४ अर्ब ८९ लाखको कारोबारमा ८२ लाख २५ हजार भन्दा बढी सेयर कारोबार भएको थियो ।
सोमबारको कारोबारमा ६० कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेका छन् । आज होटेल तथा पर्यटन समूहमा २.२५ प्रतिशत तथा विकास बैंक समूह १.३६ प्रतिशतले ओरालो लागेको छ । बैंकिङ समूहमा ०.६१ प्रतिशत ओरालो लागेको छ।
आज हाइड्रोपावर तथा म्युचल फन्ट परिसुचक मात्रै हरियो देखिएका छन् ।

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

सुन तोलामा पाँच हजारले बढ्यो

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

प्रतिक्रिया