बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

उत्तरकुमार खत्री नेपाल टेलिकमको सञ्चालक नियुक्त

काठमाडौँ– सरकारले नेपाल टेलिकमको सञ्चालकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई नियुक्त गरेको छ । उनी यसअघि पनि नेपाल टेलिकमको सञ्चालक भैसकेका थिए । 

खत्री प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत भदौ अन्तिम साता सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आएका हुन् । नेपाल टेलिकमको सञ्चालक समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवले अध्यक्षता गर्छन् ।