नेपालमा एचआईभी एड्सका ३३ वर्ष
भाइरसको डर हट्यो, संक्रमण कति घट्यो ?

काठमाडौँ- नेपालमा चार वर्षमा ७४ हजार ५०९ जना एचआईभी संक्रमितले उपचार सेवा लिएका छन् । देशभरका विभिन्न सरकारी अस्पताल तथा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७७/०७८ मा २० हजार ८ सय ८३, आव २०७६/०७७ मा १९ हजार २ सय ११, आव २०७५/०७६ मा १७ हजार ९ सय ८७ र आव २०७४/०७५ मा १६ हजार ४ सय २८ जनाले उपचार सेवा लिएका थिए ।
सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटे पनि उपचार सेवा लिनेको संख्यमा कमी आएको छैन । तर, पनि सरकारले सन् २०३० एडस महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको हो ।
त्यसैगरी सरकारले आगामी पाँच वर्षमा आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको अन्त्य गर्ने लक्ष्य राखेको छ । सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।
मुलुकमा आमाको पेटबाट संक्रमित भएको संख्या करिब १ हजार ३ सय रहेको छ । कुल १ हजार २ सय ६८ जना बालबालिका छन् । भर्खरै जन्मेका बच्चादेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् । कुल संख्याको ४ दशमलव २ प्रतिशत रहेको छ ।
पछिल्लो समय बालबालिकामा संक्रमण फैलिएसँगै नेपालमा एचआईभी संक्रमित महिलाको संख्या पनि बढ्दै गएको छ । एचआईभी गर्भवती महिलाको संख्या २ सय १६ छ । जन्मदैको बच्चालाई संक्रमणबाट बचाउन आमालाई संक्रमित हुनबाट बचाउन राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजार ३ सय रहेको उल्लेख गरेको छ । महिला संक्रमित १३ हजार ९ सय ८६ र पुरुष १६ हजार ३१४ जना छन् ।
मुलुकमा विभिन्न समयमा गरी वार्षिक ७ सय ५४ संक्रमित थपिने गरेका छन् । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र १५ देखि २४ वर्षका संक्रमित युवाहरूको प्रतिशत शून्य दशमलव २० प्रतिशत रहेको छ । हजार जनसंख्यामा एचआईभीको संक्रमणदर शून्य दशमलव ३ प्रतिशत छ ।
एन्टिरोट्रोभाइरलको सुरुवात भएपछि वयस्कहरू एक वर्षमा ९५ प्रतिशत र बालबालिका ९८ प्रतिशत उपचारका लागि आउने गरेका छन् ।
गत आव २०७७/०७८ मा मात्र २ लाख ४२ हजार ६ सय ८९ जनाले एचआईभी परीक्षण गराएका थिए । सोही वर्ष २ हजार ५ सय ७९ जनामा एचआईभी संक्रमण दखिएको थियो । आ.व २०७६/०७७ मा १ लाख ४७ हजार ९६८ जनाको परीक्षण गरिएको मध्येमा २ हजार ४ सय १६ जनामा एचआईभी पुष्टि भएको थियो ।
त्यसैगरी आ. व २०७५/०७६ मा २ लाख ३७ हजार ४ सय ९६ को परीक्षण गरिएको थियो । २ हजार २ सय ९८ जनामा एचआईभी संक्रमण पुष्टि भएको थियो । आव २०७४/०७५ मा ३ लाख ३० हजार ४ सय ६० जनाको परीक्षण गर्दा २ हजार १ सय ५२ मा संक्रमण पुष्टि भएको थियो ।
संक्रमित रहेसँगै केन्द्रबाट उपचार गराउनेको संख्या पनि घट्दै गएको छ । अघिल्लो आ.व को तुलनामा आ.व २०७७/७८ मा २ सय ७ जना बढीले उपचार सेवा लिएका थिए । आ. व २०७६/०७७ मा २ हजार १ सय ४० जनाले उपचार सेवा लिएका थिए । आ.व २०७५/०७६ मा २ हजार ४ सय १४ र आ.व २०७४/ ०७५ मा २ हजार ६ सय १३ उपचार सेवा लिएका हुन् ।
नेपालमा सन् २०३० सम्ममा एडसको महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको छ ।
सन् २०३० सम्मका ९५-९५-९५ लक्ष्यहरू राखेको छ । ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको एआरभी औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन ८ वटा छ । सात प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र छन् ।
नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरूसमेत एचआईभीको उच्च जोखिममा छन् ।
नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । नेपालमा रहेको एचआईभीको वर्तमान अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ । एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका जोखिममा रहेका समूहमा एचआईभी संक्रमणदर ५ प्रतिशत भन्दा बढी छन् । सामान्य जनसंख्यामा एचआईभी संक्रमणदर १ प्रतिशत भन्दा कम हुनु हो ।
एड्स तथा एचआईभीको उच्च प्रभावित क्षेत्रहरू तराईको राजमार्ग जोडिएका जिल्लाहरू छन् । सुदुरपश्चिमक पहाडी जिल्लाहरू, पोखरा उपत्यका र काठमाडौँ उपत्यका छन् ।
एचआईभी संक्रमितहरूलाई ८३ वटा एआरटी केन्द्रहरू स्थापना गरी ४५ वटा एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको छ । हाल ४४ वटा जिल्लामा सञ्चालित छन् ।
विश्वभरमा सन् २०२० को अन्त्यसम्ममा ३ करोड ७७ लाख एचआईभी संक्रमित थपिएका छन् । सन् २०२१ युएनएड्सका तथ्यांकले उक्त कुराको जानकारी दिएको छ ।
सन् २०२० मा १५ लाख नयाँ एचआईभी संक्रमण भएको अनुमान गरिएको थियो । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको हो । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थिए ।
त्यसैगरी युएनएड्सकाअनुसार सन् २०२० मा १ लाख ५० हजार बच्चामा एचआईभी पुष्टि भएको थियो । जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको हो । सन् २०१० मा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो ।
एड्सको कारणले सन् २०२० मा मात्रै करीब ६ लाख ८० हजार व्यक्तिहरुको मृत्यु भएको छ । जुन सन् २०१० को तुलनामा ४८ प्रतिशतले कम भएको हो । सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया