लमजुङ : ६ पालिकामा माओवादीको नयाँ नेतृत्व
लमजुङ- लमजुङका ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दूधपोखरी, दोर्दी र मर्स्याङदी गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ भने बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको पालिका अधिवेशन बाँकी छ ।
मध्येनेपाल नगर अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, उपाध्यक्षमा सोमराज अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरे चयन भएका छन् ।
सुन्दरबजार नगर अध्यक्षतामा मुरारिकुमार भुजेल, उपाध्यक्षमा सृजना अधिकारी, महेन्द्रबहादुर अधिकारी, सूर्यबहादुर बुढापृति, सचिवमा ध्रुब विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्षमा अप्सरा विक छानिएका छन् ।
राईनास नगर समितिको अध्यक्षमा पुष्पराज खनाल, उपाध्यक्षमा सूर्यबहादुर नेपाली, उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, कोषाध्यक्षमा खिलाराज शर्मा र सहसचिवमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् ।
दूधपोखरी गाउँपालिका अध्यक्षमा क्षेत्रबहादुर गुरुङ चयन भएका छन् । जसको उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा निलकुमारी परियार रहेका छन् ।
दोर्दी गाउँपालिका अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चिन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक चयन भएका छन् ।
मर्स्याङदी गाउँपालिका समिति २१ सदस्य चयन गरेको छ । पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनारले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया