अमेरिकी राष्ट्रपति बाइडनद्वारा जापानको रक्षा बजेट बढ्ने आशा व्यक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेकोजापानी सञ्चारमाध्यमले शनिबार जनाएको छ ।
किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडनको टिप्पणी आएकोक्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार जापानी प्रधानमन्त्रीले आफ्नो देशको रक्षा क्षमता सुदृढ गर्ने वाचा गरेका छन् ।
किशिदाको उक्त टिप्पणी ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स (GSDF) बेसमा भाषणको क्रममा आएको थियोजहाँ किशिदाले उत्तर कोरियाको क्षेप्यास्त्र प्रविधिको द्रुत विकास र चीनको सैन्य विस्तारको बारेमा चिन्ता व्यक्त गरेको क्योडो समाचारले उल्लेख गरेको छ ।
'जब जापानले आफ्नो विदेश र सुरक्षा नीतिहरू परिमार्जन गर्छ तब सेल्फ डिफेन्स फोर्सहरूलाई आक्रमण गर्न सक्ने क्षमता दिने विचार सहित सबै विकल्पहरू टेबलमा हुनेछन्,' किशिदाले भनेका छन् । जापानी प्रधानमन्त्रीले पर्याप्त पारदर्शिता कायम नगरी आफ्नो सेनालाई बलियो बनाउन चीनको चाललाई पनि औंल्याउँनुभएको छ। "चीनले पर्याप्त पारदर्शिता बिना नै आफ्नो सेनालाई बलियो बनाउन काम जारी राखेको छ र" यथास्थिति परिवर्तन गर्न एकपक्षीय प्रयास समेत गरिरहेको छ," किशिदाको टिप्पणी छ ।
यसअघि शुक्रबार ५० एसियाली र युरोपेली मुलुकका नेताहरूको भर्चुअल बैठकमा पनि किशिदाले चीनमा मानवअधिकारका विषयमा गम्भीर चासो व्यक्त गरेको जनाइएको छ । किशिदाले शिखर सम्मेलनको बीचमा हङकङ र उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रको अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेको समाचार प्रसारित भएका छन् । (एएनआई)

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया