ओलीको सूचीमा भीम रावलको आपत्ति

सौराहा - एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको केन्द्रीय सदस्यको सूचीप्रति भीम रावलले आपत्ति जनाएका छन् । रावलले अध्यक्षमण्डलमा छलफल नै नभएको विषय अध्यक्षले बन्द सत्रमा एकलौटी पेश गरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘यो सबै प्रक्रियाप्रति मेरो असहमति छ,’ उनले सौराहा बन्द सत्रमा भने । साथै उनले ओलीले चालेका सबै प्रक्रियामा आफ्नो असहमति रहेको जनाउँदै चुनावमा जाने घोषणा गरिसकेको बताए ।
अध्यक्ष ओलीले बन्लदसत्रमा केन्द्रीय सदस्य र विभिन्न आयोगमा पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए । बन्दसत्रले ती नाम अनुमोदन पनि गरिसकेको छ । ओलीविरुद्ध सुरुदेखि आक्रामक देखिएका रावलले अध्यक्षमा उम्मेद्वारी मनोनयनको फारम भरेका छन् । तर उनको उम्मेद्वारी सोमबार मात्रै दर्ता हुनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया