अब विपद् पीडितले पनि अनुदान पाउने

काठमाडौँः सरकारले विपद् पीडितलाई पनि अनुदान दिनेगरी कार्यविधि बनाउन लागेको छ । भुकम्प पीडितले जस्तै गरि विपद्बाट प्रभावितलाई पनि अनुदान रकम दिने गरि कार्यविधि बनाउन लागिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गर्न लागेको प्रस्तावित ‘विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ मा प्रभावितको प्रकृतिका आधारमा अनुदान दिने उल्लेख छ ।
सरकारले अहिलेसम्म भूकम्प पीडितका लागि मात्रै अनुदान दिँदै आएपनि अब विपद् पीडितलाई पनि दिनेगरी कार्वविधि बनाउन लागेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत क्षतिको वर्गीकरणका आधारमा प्रभावितले अनुदान रकम प्राप्त गर्थे । त्यही प्रक्रिया अनुरुप अहिले कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याउन लागिएको हो ।
प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा प्रस्तुत कार्यविधिको मस्यौदा कार्यविधि परिमार्जनसहित पारित गरी मन्त्रिपरिषद्मा लैजाने निर्णय भइसकेको छ । गृहमन्त्री राबहादुर थापाले कार्यविधि आएपछि विपद् प्रभावितको पुनःस्थापना र भौतिक संरचनाको पुनःनिर्माणले गति लिने बताए । मस्यौदामा लाभग्राहीका पहिचानका आधार, अनुदानको प्रकार र किस्ता, लाभग्राही छनोट प्रक्रिया, वित्तिय प्रबन्ध, अनुदान दिने प्रक्रिया, एकीकृत बस्ती र पूर्वाधारमा अनुदानको व्यवस्था, विपद् उत्थानशील प्रविधिको प्रयोगलगायत विषय समावेश गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
स्थानीय विपद् व्यवस्थापन समितिले लाभग्राहीको छनोट गर्ने कार्यविधिमा उल्लेख छ । लाभग्राही कायम गर्दा मर्मत, प्रबलीकरण, पुनःनिर्माण र पुनःस्थापनाका छुट्टाछुट्टै विधि अपनाई प्रमाणीकरण गरिने छ । छनोटका क्रममा एकल महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकासमेत छुट्याउनुपर्नेछ ।
प्राधिकरणले विपद् व्यवस्थापन कोषमा रकम गराउने र वडाध्यक्षले लाभग्राहीसँग सम्झौता गरी वितरण गरिने उल्लेख छ । अर्थ मन्त्रालयको राय लिएर कार्यविधि मन्त्रिपरिषद्मा पेश गरिने पोखरेलले जानकारी दिए ।

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

दुम्कीबासमा डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ओडिसामा प्रिशा मृत्यु प्रकरण : नेपाल सरकारले थाल्यो कुटनीतिक पहल

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

प्रतिक्रिया