रेशम पुनको ‘ओ मेरी जुरेली’ सार्वजनिक

काठमाडौं : गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन् । श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन् ।
ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ । केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफी रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन् । गीतलाई श्रीपेज टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ ।
रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ । भिडियोको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो ।

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

प्रतिक्रिया