अस्पताल बनाउन उद्योगी सुरजले दिए एक करोड

बुटवल : उद्योगी सुरज पाण्डेले बुटवलस्थित गौतमबुद्द सामुदायिक मुटु अस्पताललाई एक करोड सहयोग गरेका छन् । स्वर्गीय हजुरबुवा धनपति पाण्डे र फुपाजु अन्नतराम भण्डारीको सम्झानामा उद्योगी पाण्डेले तिलोत्तमा नगरपालिका–४ मा निर्माण हुन लागेको गौतमबुद्द सामुदायिक मुटु अस्पतालका लागि एक करोड सहयोग गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउने– १० बिघा जग्गामा निर्माण हुन लागेको मुटु अस्पतालका लागि पाण्डेले शुक्रबार अस्पतालकोे आठौ वार्षिक साधारणसभाको अवसरमा एक करोड प्रदान गरेका हुन् । हाल बुटवलको रामनगरमा रहेको मुटु अस्पताल तिलोत्तमा–४ को १० नम्बरमा आफ्नो सेवा विस्तार गर्ने तयारीमा रहेको छ ।
मुटु अस्पताललाई एक करोड प्रदान गर्ने सुरज पाण्डे बुटवल–८ सुख्खानगरका स्थायी वासिन्दा हुन् ।
उनी औषधि व्यवसायी तथा उद्योगी हुन् । उनको आयूर्वेद औषधि उद्योग काठमाण्डौंस्थित धापसीमा छ भने बुटवल मिलनचोकमा मोटर पार्टस् सम्बन्धी व्यवसाय छ ।
यसअघि उनले गुल्मीको रुपाकोटका मृगौला पीडित लालबहादुर विकलाई पनि ६ लाख आर्थिक सहयोग घोषणा गरेका थिए ।
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_78JIWJzRRM_9bnmrxdyvetv4ngjhrltzg3yu6hgfhin9w8udcyqgye15nvprqajxschsept.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_2N2vQN2d3W_x31omgvstxeqfcw4w6fp0c47gft1d7yfun6amnsqqyioquuyywtt234zaazy.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया