माओवादी केन्द्र दाङका आठ पालिकामा सर्वसम्मत नेतृत्व, दुईमा बाँकी

दाङ - नेकपा माओवादी केन्द्रले दाङका आठ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा निर्विरोध पालिका नेतृत्व चयन गरेको हो । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनले पालिका सम्मेलनबाट नेतृत्व चुन्ने काम गरेको माओवादी केन्द्र दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन ।
घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा चुनिएका छन्। उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागिदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बूढा निर्वाचित भएका हुन् । शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेबबहादुर रोका चयन भएका छन्। रोकाको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी गठन भएको जनाएको छ । उपाध्यक्षहरूमा खजेन्द्र शर्मा, रिता बटाला, हिरालाल वली, सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार, कोषाध्यक्ष जंगबहादुर पुन छन् ।
बबइ गाउँपालिकाको अध्यक्षमा डिल्ली बुढाथोकी चयन भएका छन् । बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ ।उपाध्यक्षहरूमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली छन् । सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बूढा चयन भएका हुन् । सम्मेलनबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ ।
दंगीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम चौधरी निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा बीरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दीपक गौतम, सहसचिव टंक ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित भएका हुन् ।
गढवा गाउँपालिकामा श्याम नारायण पोखरेल अध्यक्षमा चयन भएका हुन् । शर्माको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । उपाध्यक्षहरु दिपा पुन, बसन्ती चौधरी, देबराज यादव रहेका छन् । सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञान बहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरी चयन भएका हुन् ।
राप्ती गाउँपालिकामा अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरू राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित भएका छन् । राजपुर गाउँपालिकामा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरू श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव विष्णु प्रसाद यादव, सहसचिव दिलमति ओली चौधरी र कोषाध्यक्ष भीम वली छन् ।
बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कवर मगर, उपाध्यक्षहरूमा गिरिराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरारहेका छन् ।
लमही नगरपालिकामा कार्य समिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले १५ मंसिरको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिए । निर्वाचित कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा २ प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले जानकारी दिए ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया