विश्व स्वास्थ्य संगठन भन्छ: नेपाल ओमिक्रोनको जोखिममा

काठमाडौँ- विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण एशियाली मुलुकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' देखिन थालेपछि विश् स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो।
दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य संगठनक विज्ञप्ति जारी गरेरै सचेत रहन ध्यानाकर्षण जनाएको छ। दिल्लीस्थित क्षेत्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा यी क्षेत्रमा तीव्ररुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिनसक्ने उल्लेख गरेको छ।
सतर्कता अपनाउन र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिन कार्यालयले आग्रह गरेको छ। डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहका अनुसार विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । उनले संक्रमण जोखिम अझै नटरेको भन्दै नियन्त्रणका लागि सतप्रतिशत प्रयास जारी राख्नुपर्ने बताइन्।
नयाँ भेरियन्टलाई भित्रिन नदिन अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु अपनाउन डब्लुएचओले सुझाव दिएको छ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया