सलाह लिभरपुलमा खुशी छन् : लिभरपुल प्रशिक्षक क्लप

काठमाडौं : मोहम्मद सलाहको लिभरपुलसँगको भविष्यका बारेमा विभिन्न अड्कलबाजि भइरहेका बेला योर्गेन क्लपले इजिप्सियन फरर्वाड मर्सीसाइड क्लबमा खुशी रहेको बताएका छन् । सलाहले गएको साता स्पनेको एक अखबारसँगको अन्तर्वार्तामा आफुले भाविष्यका बारेमा केही भन्न नसक्ने बताएपछि लिभरपुल प्रशिक्षक क्लपले प्रस्टिकरण दिनु परेको हो ।
लिभरपुलका लागि एक सय २१ खेलमा ८६ गोल गरिसकेका सलाह स्पेनका रियल म्याड्रिड र बार्सिलोनासँग बारम्बार जोडिँदै आएका छन् । जारी सिजनमा पनि लिभरपुलको सर्वोच्च गोलकर्ता रहेका सलाहले क्लब छाड्ने कुनै किसिमको संकेत नगरेको क्लपको भनाई थियो । ‘सलाह लिभरपुलमा खुशी देखिन्छन् । उनले निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन् । अभ्यासमा पनि उनी हाँसिरहेका हुन्छन् । त्यसकारण उनले लिभरपुल छाड्लान भन्ने अनुमान म गर्दिन । त्यो काम तपाई पत्रकारहरु नै गर्नुछ,’ क्लपले भने ।
एक साता अगाडि स्पेनको एएससँगको अन्तर्वार्तामा सलाहले लिभरपुलमा आफु लामो समय रहने वा नरहने भन्ने कुरा क्लबमा निर्भर रहने बताएका थिए । लिभरपुलमा सन् २०२३ सम्म रहन सम्झौता गरेका सलाहले भविष्यका बारेमा अहिले नै केही भन्न नसकिने भएपनि हाल आफु लिभरपुलमा खुशी रहेको बताएका थिए ।

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

प्रतिक्रिया