हङकङमा पनि देखियो ओमिक्रोन भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

काठमाडौँ - हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ ।
परीक्षणका क्रममा उनीहरु दुबैमा नाम दिइएको भेरियन्ट देखिएको थियो । डब्लूएचओले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको जनाउँदै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।
हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ । एजेन्सी

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया