युट्युबमा रुचाइयो ‘लम्फू’, निरन्तर ट्रेन्डिङमा

काठमाडौँ - हलमा सार्वजनिक भएको लगभग तीन वर्षपछि युट्युबमा सार्वजनिक भएको फिल्म ‘लम्फू’ले युट्यबुमा उत्साहजनक दर्शक पाएको छ । रिलिज भएको दोस्रो दिनदेखि नै ट्रेन्डिङमा छिरेको फिल्म सार्वजनिक भएको दस दिन भइसक्दा पनि टे«न्डिङबाट हटेको छैन । ६ नम्बर हुँदै दुईसम्म पुगेको फिल्म अहिले पनि नेपाल ट्रेन्डिङको ५ औँ नम्बरमा छ ।
फिल्मले यसको कथावस्तुलाई लिएर उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म हेरेर प्रतिक्रिया व्यक्त गर्ने अधिकांशले यसको कथा वस्तु अन्त्यन्त राम्रो रहेको प्रतिक्रिया दिएका छन् । कथावस्तु पछि भने दर्शकले सलोनको भूमिका मन पराएका छन् । हास्य चरित्रमा एकै शैलीका साथ देखापर्ने सलोनले यो फिल्ममा हसाउँदा हसाउँदै रुवाएको प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ ।
गोलाचन्द्र लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा कबिर खड्का, मरिष्का पोखरेल र सलोन बस्नेत मुख्य भूमिकामा छन् । त्योबाहेक फिल्ममा चाँदनी शर्मा, सञ्जित भण्डारी, अजित लामिछाने, आयान खड्का र तरकारीवालीको रुपमा चर्चित कुसुम श्रेष्ठको अभिनय छ । पपुलर मल्टिमिडियाको प्रस्तुति रहेको फिल्मलाई शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया