‘चोलेन्द्रको बहिर्गमनका लागि जे-जे गर्नुपर्ने हो, त्यही गर्छौ’

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीले आइतबार पनि प्रदर्शन गरेका छन् । सर्वोच्च परिसरमा व्यवसायीले आइतबार पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
कात्तिक पहिलो हप्तादेखि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश राणाविरुद्ध राजीनामा माग गर्दै आन्दोलन चर्काउँदै आएको छ । यस्तै बार महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश राणाको बहिर्गमनका लागि आवश्यक पर्ने सबै आन्दोलन गर्ने बताएका छन् ।
नियमित विरोध प्रदर्शन, सर्वोच्चदेखि बालुवाटारसम्म न्याय मार्चपास गर्दा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएपछि बार पदाधिकारी झन् आक्रोशित भएका छन् ।
‘प्रधानन्यायाधीश राणाको बहिगर्मनका लागि जे जे गर्नुपर्ने हो, त्यो आन्दोलन गर्छौ’, उनले इकागजसँग भने, ‘यसका लागि दलहरुलाई ज्ञापनपत्र बुझाउनदेखि थप आन्दोलनका कार्यक्रम गर्छौ ।’
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया