अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

काठमाडौँ - अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिबार सिड्नी विमानस्थलमा उत्रिएका थिए ।
परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।
त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एजेन्सी

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया