जातीय विभेदविरुद्ध उत्कृष्ट फिल्म बनाउनेलाई २ लाख पुरस्कार
काठमाडौँ - नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्धारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलन सम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ ।
‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ । प्रतियोगितामा हरकोही प्रतियोगीले सहभागी हुन पाउनेछन् । भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुनसक्नेछन् । तर सामुदायिका भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने सूचनामा उल्लेख छ ।
इच्छुक सहभागीले आउँदो डिसेम्बर महिनाको १० तारिखसम्म भिडियो निर्धारित ठेगानामा पठाइसक्नुपर्नेछ । यसरी प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायकले समितिको मूल्यांकनमा आधारमा विजेता घोषणा गरिनेछ । सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनौट हुनेछन् ।
प्राप्त भिडियो युएनडीपीको पेजमा राखिने र यहाँ राखिएका फिल्मले पाउने दर्शक, अन्तक्र्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युनडीपीले जनाएको छ । प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया