शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक अधिवक्ता महादेव प्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

 स्वास्थ्यको कारण देखाइ यादवले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका थिए । उक्त राजीनाान सभापति देउवाले आज (आइतबार) स्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ ।  

 खाली भएको संयोजक पदमा समितिकै वरिष्ठ सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको छ ।