ललितपुर कांग्रेस अधिवेशनः उदयशमशेरले घात गरेको भन्दै मिनकृष्णको समर्थन रामकृष्णलाई

काठमाडौँ - ललितपुर कांग्रेस अधिवेशनअन्तर्गत अहिले सभापतिका लागि पुनः मतदान जारी छ । शनिबार भएको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलो र दोस्रो मत ल्याउने रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।
शनिबार चित्रकार, श्रेष्ठ र मिनकृष्ण महर्जन चुनावी प्रतिस्पर्धामा थिए । चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३२ मत ल्याएका थिए । चित्रकारलाई बहालवाला सभापति मदन अमात्य, श्रेष्ठलाई तरुण दलका सभापति जितजंग बस्नेत तथा महर्जनलाई उदयशमशेर राणाको समर्थन थियो । तर, महर्जनलाई उदयशमशेर पक्षले अन्तर्घात गरेको आरोप लागेको छ ।
ललितपुर प्रतिनिधिसभा १ को क्षेत्रीय अधिवेशनमा महर्जन चार १७ मत ल्याई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तर, सभापतिमा उठ्दा महर्जनले तीन सय मत पाएपछि राणा पक्षले घात गरेको आरोप लगाएको छ ।
राणा पक्षले श्रेष्ठलाई मत खसाएको भन्दै आइतबार बिहान मतदानका क्रममा महर्जन पक्षले राणा पक्षमाथि आरोप लगाएपछि केही समय बबाल भएको थियो । सोही कारण सभापतिको दोस्रो चरणको मतदानमा महर्जन पक्षले चित्रकारलाई सहयोग गर्ने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया