सिन्धुपाल्चोकको क्षेत्रीय सभापतिमा बस्नेत र तामाङ विजयी

सिन्धुपाल्चोक - कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन् ।
२ वटा प्रतिनिधिसभा क्षेत्र रहेकाे सिन्धुपाल्चोकको शनिबार भएको निर्वाचनबाट क्षेत्र नम्बर १ मा बस्नेत निर्वाचित भएका हुन् । भने क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित भएका हुन् । बस्नेतले तीर्थ लामालाई पराजित गरेका थिए भने तामाङले कृष्ण बहादुर तामाङलाई पराजित गरेका थिए ।
राति अबेर आएको परिणाममा बस्नेत र तामाङको प्यानल नै विजयी भएको हो । बस्नेतको प्यानलबाट सचिवमा कृष्ण प्रसाद आचार्य र सञ्चवीर तामाङ, सह सचिवमा अजय तामाङ र सुजन पौडेल विजयी भएका छन् । यस्तै सदस्यहरुमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिरा बहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका छन् । बस्नेत संस्थापन प्यानलका हुन् ।
यस्तै क्षेत्र नम्बर २ सभापतिमा तामाङसहित सचिवमा केशव श्रेष्ठ र विष्णु घोरासैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ र सदस्यहरुमा शुशिला लामिछाने, बुद्धि बहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भएका छन् । तामाङ संस्थापनइतर पक्षका हुन्।
महाधिवेशन प्रतिनिधिका उम्मेदवारको भने मतगणना जारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया