गम्भीर घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै
काठमाडौँ - जाजरकोट बस दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ । शनिबार राती नेपालगञ्जबाट गएको ना ६ ख २५५७ नम्बरको बस जाजरकोटको कुदुमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको उनले बताए । बाँकी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । चालकले राती बाक्लो हुस्सु लागेका कारण बाटो नदेखिदा मोडमा बस दुर्घटना भएको बताएको डीएसपी थापाले जानकारी दिए ।
यसैबीच, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाजरकोट बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक वक्तव्य निकाल्दै मृत्तकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेको उपचारका लागि प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने पनि बताएका छन् ।
घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान तत्काल हेलिकोप्टरको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । साथै उनले कर्णाली प्रदेशमा चल्ने सार्वजनिक गाडीको जाँचलाई कडाई गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

प्रतिक्रिया