तनहुँबाट उपाध्यक्षमा किरण गुरुङसहित पाँच नेताको आकांक्षा
चितवन - नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा तनहुँका पाँच जनाले पदाधिकारीसहित केन्द्रीय सदस्यमा आकाङ्क्षा व्यक्त गरेका छन् । जिल्लाबाट उपाध्यक्षसहित पाँच जनाले केन्द्रीय सदस्यमा आकाङ्क्षा व्यक्त गरेका हुन् ।
स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङले उपाध्यक्ष पदमा आकाङ्क्षा व्यक्त गरेका हुन् । गत महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित हुनुभएका उहाँले यस पटक पनि सोही पदमा आकाङ्क्षा व्यक्त गरेका हुन् ।
त्यस्तै केन्द्रीय सदस्य एकबहादुर राना, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य टुकराज सिग्देल, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता राना र गुरुङले जनजाति कोटाबाट, सिग्देलले गण्डकी प्रदेशको भूगोलबाट र न्यौपाने महिला कोटाबाट उम्मेदवार बन्ने बताए । एमालेले यसपटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य प्रत्याभूति गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क रहेको बताए । यसपटक पार्टी नेताहरुकै सल्लाहमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने र विजयीसमेत हुनेमा ढुक्क रहेको उनले बताए ।
विसं २०५१ मा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी उनी विसं २०५६ बाट यता निरन्तर एमालेको जिल्ला कमिटीमा विभिन्न पदको जिम्मेवारीमा छिन् । न्यौपाने हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य र तनहँु जिल्ला इन्चार्जसमेत हुन् ।
गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिए । गत कात्तिक २७ गते तनहुँमा प्रतिनिधि छनोट गर्ने क्रममा उनी जिल्लाबाट छनोट हुन सकेका थिएनन् । गलैँचा निर्यात सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका उनले उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिए । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया