माओवादी केन्द्रको तीन नगरपालिकामा नगर सम्मेलन

कञ्चनपुर - नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन सुरु भएको छ । शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन सुरु भएको हो ।
माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ । सहमतिकै आधारमा पार्टीको नयाँ नगर नेतृत्व चयन हुने उनले बताए । नगर सम्मेलन सुरु भएका सबै नगरपालिकामा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको नेता भट्टको भनाइ छ । बाँकी नगरपालिका र गाउँपालिकामा केही दिनमा सम्मेलन सुरु हुने बताइएको छ ।
तीनवटै नगर सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश प्रमुख खगराज भट्ट, सचिव देवीलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्रप्रसाद भट्ट र ओमबिक्रम भाट सहभागी थिए । हालसम्म जिल्लामा नौ स्थानीय तहका ९२ वडा सम्मेलन सम्पन्न भइसकेका छन् । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया