संविधान कार्यान्वयनका लागि कांग्रेस बलियो बन्नुपर्छ : वालकृष्ण खाण

रुपन्देही - नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले संविधान कार्यान्वयनका लागि आफ्नाे पार्टी बलियो बन्नुपर्ने स्पष्ट पारेका छन् । पार्टी रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत भएपछि शनिबार आयोजित घोषणा सभामा बोल्दै गृहमन्त्रीसमेत रहेका खाणले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन हुन सक्छ । विधिको शासन अवलम्बन हुन्छ,’ उनले भने, ‘कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन्, जनताका मौलिक अधिकार कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ ।’
पार्टीभित्र सहमति र सहकार्य भएमात्र कांग्रेस बलियो हुने भन्दै उनले कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गरे । निर्वाचनबाट चुनिएको भन्दा सर्वसम्मतिबाट चुनिएको सभापतिको कार्यभार र जिम्मेवारी बढी हुने खाणको भनाइ छ ।
‘रामकृष्णजी कुनै गुटको होइन, साझा सभापति हो । साझा रूपमै तपाईंलगाययत जिल्ला कार्यसमिति पदाधिकारी र सदस्यहरूले आफ्नो उत्तरदायित्त्व पूरा गर्न सफल हुनुहुनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने । यस्तै उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् ।
सभापतिमा निर्वाचित खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन भने, शाह संघीय सांसद भरत शाहकी श्रीमति हुन् । गृहमन्त्री खाणको पहलमा रामकृष्ण जिल्ला सभापतिमा सर्वसम्मत चुनिएका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया