कांग्रेस रुपन्देही सभापतिमा खाण निर्विरोध
बुटवल - नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए ।
सभापतिमा निर्वाचित खाण संस्थापन समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाणका भाइसमेत रहेका खाण जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य भरत शाहलगायतसँग छलफल गरेर निर्विरोध भएका हुन् । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।
सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए । यस्तै जिल्ला कार्य समिति सदस्यहरूमा पनि निर्विरोध भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया