नागरिक लगानी कोषको हकप्रद पुस २८ देखि बिक्रीमा

काठमाडौं : नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कुल चुक्ता पुँजीको १ सेयर बराबर शुन्य दशमलव आठ दुई आठ चार (१: ०.८२८४)को अनुपातमा हकप्रद सेयर निष्काशन हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कोषले १ करोड ३५ लाख ९२ हजार कित्ताको १ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्नेछ । पुस २८ गतेबाट निष्काशन हुने कोषको हकप्रद भर्ने म्याद माघ १९ सम्म भर्न सक्नेछ । हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डले पुस २ मा स्वीकृति दिएको थियो ।
कोषको अधिकृत पुँजी आठ अर्ब रुपैयाँ छ । यसको जारी पुँजी आठ अर्ब छ भने चुक्ता पुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८ सय रुपैयाँ छ ।
यस हकप्रद सेयरको अनुपात भन्दा बढी शेयर खरिद गर्न पाउने छैन । तर कुनै शेयरधनीले आफ्नो कायम हकको आधारमा हकप्रद सेयर खरिदका लागि आवेदन दिंदा खण्डित सेयरमा सेयर संख्या पर्न आएमा नजिकको माथिल्लो सेयर कित्ताको लागि आवेदन दिन सक्नेछ । यसरी माथिल्लो शेयर कित्ताको लागि आवेदन दिने सेयरधनीहरुको हकमा यस हकप्रद सेयर निष्काशनको क्रममा बिक्री नभई बाँकी रहेको सेयरहरुबाट समायोजन गर्ने गरी बाँडफाँट गर्ने कोषले जानकारी दिएको छ ।
यदि यस हकप्रद सेयरको लागि निष्काशन गरिएको सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त भएमा नेपाल धितोपत्र बोर्डको पूर्व स्वकृति लिई कोषको सञ्चालक समितिले माथिल्लो सेयर कित्ता माग गरी दरखास्त दिने सेयरधनीहरुलाई हकप्रद सेयर बाँडफाँट गरिनेछ । यस विवरण मार्फत निष्काशन गरिने हकप्रद सेयरको लागि आफ्नो कायम हक भन्दा बढी हकप्रद सेयरको लागि दरखास्त दिन पाइने छैन । तर, साविक सेयरधनीले आफ्नो कायम हक भन्दा कम हकप्रद सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्र यसरी आफ्नो हक भन्दा कम हकप्रद सेयर खरिदका लागि आवेदन दिने सेयरधनीहरुको हकमा दरखास्तमा माग गरे बमोजिम नै हकप्रद सेयर बाँडफाँट गरिनेछ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया