बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

औद्योगिक कच्चा पदार्थ, पुँजीगत वस्तु आयातका लागि छुट्टै व्यवस्था गर्न परिसंघको आग्रह

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षाका क्रममा आयातमा केही कडाइँ गर्ने संकेत गरेपछि नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थतन्त्रमा उत्पादन, रोजगारी बढाउने अर्थात् पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको आयात निर्वाध ढङ्गले हुने गरी विशेष व्यवस्था गर्न आग्रह गरेको छ । 

चालु आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चितिमा गिरावट र रेमिट्यान्स आप्रवाहमा कमी आइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो तीन महिना ९साउन–असोज०को आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन अनुसार पहिलो त्रैमासमा ७।६ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा कमी आएको हो । पहिलो तीन महिनामा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकी अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ५८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  

असारयता विदेशी विनिमय सञ्चिति ६.५ प्रतिशतले घटेर १० अर्ब ९८ करोड अमेरिकी डलरमा सीमित भएको छ । 

शुक्रबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको संचितिमा चाप परेको जनाउँदै विभिन्न वस्तुहरुको आयातमा कडाई गर्ने संकेत गरेको थियो । परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यसअघि चाँदीको आयातमा कडाइँ गरेको थियो । 

राष्ट्र बैंकले समिक्षामार्फत भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ । औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुल्ला गर्न परिसंघले माग गर्दै आएको जनाएको छ । 

मौद्रिक नीतिको समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले आर्थिक क्षेत्रमा कोभिड–१९ को असर कम हुँदै गएकोले आर्थिक क्रियाकलापहरू विस्तार हुँदै जाने र विदेशी पर्यटकको आगमन बढ्न गई आर्थिक पुनरोत्थानमा सहयोग हुने अपेक्षा गरेको छ । साथै निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढ्दै गएकाले केही समय तरलताको चाप विद्यमान रहने आँकलन छ । त्यस्तै मुद्रास्फितिको चाप बढ्ने राष्ट्र बैंकको आँकलन छ ।