स्याङ्जा र बाग्लुङमा महिन्द्राको सव-डिलर

काठमाडौँ- महिन्द्राको सव–डिलर स्याङ्जा र बाग्लुङमा पनि खुलेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले स्याङ्जा र बाग्लुङमा पनि महिन्द्राको सव-डिलर खोलेको हो ।
उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बाग्लुङको ऊँ नम: शिवाय सर्भिसिङ सेन्टरको उद्घाटन गरेका थिए भने स्याङ्जाको श्रेष्ठ मोटो पार्टसको उद्घाटन बाग्लुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले गरेका थिए ।
आर्थिक समृद्धिका लागि व्यवसाय भन्ने मूल उद्देश्यका साथ सुचारू गरिएको यस सव-डिलरबाट स्याङ्जा बाग्लुङ आसपासका जिल्लाका अत्यधिक ग्राहकहरूले गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
'नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरूमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव–डिलरहरूको संचालनले थप टेवा पुर्याउने अपेक्षा गरेका छौं”, बालाजु अटो वर्कश प्रा. लि. का लागि प्रदेश ४ का व्यबस्थापक सन्तोष सुवेदीले बताए ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया