पाँच राजनीतिक दलका प्रमुख एउटै वडाका

खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिकामा पाँच राजनीतिक दलका प्रमुख एउटै वडाका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटी अध्यक्ष सबै एउटै वडाका हुन् । पाँचै पार्टीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नेताहरूलाई नगर कमिटीको प्रमुखको जिम्मेवारी सुम्पिएका छन् ।
एमालेले दुर्छिमका डिल्ली चाम्लिङ, कांग्रेसले चक्रकुमार राई, माओवादी केन्द्रले राजुबिक्रम चाम्लिङ, जनता समाजवादी पार्टीले मबिन्द्र राई र नेकपा (एकीकृत समाजवादी)ले मकर राईलाई नगर कमिटिको अध्यक्ष बनाएको छ ।
१ चैत ०७५ संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी)ले दुर्छिमका मबिन्द्रलाई नगर कमिटीको अध्यक्ष चुनेको थियो । संघीय समाजवादी र नयाँ शक्ती मिलेर बनेको संघीय समाजवादीले २७ जेठ ०७६ मा र जसपासँग मिलेर बनेको जनता समाजवादीले पनि २७ भदौ ०७७ मा मबिन्द्रलाई नगर कमिटी अध्यक्षमा निरन्तरता दियो । त्यसपछि संयोगवश वा नियतवश क्रमशः अन्य दलले पनि दुर्छिमकै नेतालाई नगर कमिटीको अध्यक्ष चयन गरेका हुन् ।
११ वडा रहेको नगरपालिकामध्ये दुर्छिमको प्रतिनिधित्व राजनितीमा बढी भएका कारण सबैजसो पार्टीले दुर्छिमका नेतालाई नगरको नेतृत्वमा विश्वास गरेको जसपाका नगर अध्यक्ष राईले बताउँछन् । ‘दुर्छिमकै डिल्लीसेर राई, नयनकुमार राई जस्ता नेताले २०२६ सालमा दुर्छिम मावि स्थापना गर्नु भयो । विद्यालय स्थापना भएपछि यहाँका नागरिक शिक्षित भए । राजनैतिक चेतनाको विकास भयाे, राजनीतिप्रति चासो जगाए,’ उनले भने, ‘संख्यात्मक हिसाबले राजनीतिमा यहीँकै मान्छे बढी सहभागी हुन पुगे । यही कारण सबै दलको नेतृत्व दुर्छिमले पाएको जस्तो लाग्छ ।’

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया