सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

बन्द सत्रका लागि होटल सेभेन स्टारमा प्रवेश गर्दै प्रतिनिधि

क्युआर कोड स्क्यान गरेर मात्र बन्द सत्रमा प्रवेश खुला

चितवन - सौराहामा चलिरहेको एमालेको १० औँ महाधिवेशनको बन्द सत्रका लागि होटल सेभेन स्टारमा प्रवेश सुरु भएको छ । एमालेका महाधिवेशन प्रतिनिधि बन्द सत्रका लागि होटलभित्र प्रवेश गर्न थालेका हुन् ।

महाधिवेशन प्रतिनिधिकोको क्युआर कोड मुख्य गेट प्रवेश गरेपछि स्क्यान गरेर मात्र बन्द सत्रमा प्रवेश गर्न दिइएको छ । महिला प्रतिनिधिको लागि छुट्टै लाइन बनाएको छ । अधिकांश एमालेको नेताहरुले सर्वसम्मत नेतृत्व तथा पदाधिकारी चयन हुने आशा गरेका छन् ।