ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक

सौराहा- एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बजे पनि बन्दसत्र सुरु हुन सकेको छैन ।
केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।
एमाले अध्यक्ष केपी ओली केही बेरा अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए ।
एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया